पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १२९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३० रुपैयाँ ३६ पैसा रहेको छ । हिजो युरोको एकको खरिददर १३० रुपैयाँ १७ पैसा र बिक्रीदर १३० रुपैयाँ ७६ पैसा थियो ।
यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५० रुपैयाँ ४५ पैसा छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १७ पैसा र बिक्रीदर १८ रुपैयाँ २६ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ ।