धनगढी ।
कैलालीमा थ्रेसरमा बेरिएर एक महिलाको ज्यान गएको छ । धान हाल्ने क्रममा कपडा बेरिदाँ कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश जोशीले आफ्नै घर नजिकै खेतमा धान थ्रेसरमा बेरिएर मृत्यु भएको बताए ।
उनका अनुसार चौधरीको टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फसेर बेरिएपछि मृत्यु भएको हो ।














