कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्न जनाएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट आइतबार नै सार्वजनिक गरिने भनिएको थियो ।

गठबन्धनको प्रदेशव्यापी चुनावी अभियानका क्रममा आइतबार धनगढी र सुर्खेतको कार्यक्रममा व्यस्त भएपछि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम आजलाई सारिएको थियो । कांग्रेसले अब ११ गते मात्र सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम गर्ने बुझिएको छ ।

  • ७ कार्तिक २०७९, सोमबार ०८:५९ प्रकाशित