लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिन म्याद थप

केन्द्रभाग मिडिया

काठमाडौं ।
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद थप गरेको छ।

यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो।

गत असोज २० गते विमानस्थलबाट सन्दीपलाई पक्राउ गरी गौशाला हिरासतमा राखिएको छ। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।

  • ६ कार्तिक २०७९, आईतवार १३:०२ प्रकाशित