अस्पतालमै पुगेर भेटे श्रीनाथ बरालले विद्या भट्टराईलाई

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बरालले बुधबार अस्पतालको सघन कक्षमा भट्टराईलाई भटेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेको एकीकृत समाजवादी कास्कीका सचिवालय सदस्य घननाथ सापकोटाले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य पदका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि श्रीनाथ बराल गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार हुन् भने, विद्या भट्टराई एमालेको तर्फबाट उम्मेदवार हुन् ।

डेंगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ ।

उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सीपी आचार्यले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने जानकारी दिएका छन् ।

  • ५ कार्तिक २०७९, शनिबार ०८:०६ प्रकाशित