अर्को गठबन्धनलाई गणतन्त्र पचेको छैन : नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन स्वाभाविक नेचुरल रहेको बताएका छन् । पोखरामा भएको सत्ता गठबन्धने प्रदेश स्तरिय भेलालाई सम्बोधन गदैँ नोपलले सत्ता गठबन्धन लोकतन्त्र र गणतन्त्र प्रति प्रतिवद्ध रहेको मुल शक्ती रहेको बताए ।

अर्को गठबन्धन त्यसलाई संघीयता पचेको छैन, त्यसलाई गणतन्त्र पनि पचिरहेको छैन, नेपालले भने । एमाले–राप्रपा गठबन्धन तर्फ लक्षित गदै नेपालले जनतालाई दिइएको अधिकार र लोकतन्त्र पनि नपचेको नेपालले आरोप लागए ।

नेपालले एमाले अध्यक्ष अधिनायकबादी चिन्तन,, प्रबृती र स्वभाव भएको व्यक्ती भएको आरोप लगाए । गठबन्धनका उम्मेदवारालई जिताउने संकल्प गर्न नेपालले उपस्थित नेता कार्यकर्तालाई आग्रह गरे ।

  • ४ कार्तिक २०७९, शुक्रबार १६:०३ प्रकाशित