एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था छैन त्यसैले गठबन्धन आवश्यक छ : देउवा

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आजको राजनीतिमा गठबन्धन आवश्यक रहेको बताएका छन् ।

कुनै एक पार्टीले मात्र बहुमत ल्याउन सक्ने अवस्था नभएकाले गठबन्धन आवश्यक रहेको देउवाले बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

देउवाले भने , कुनै एक पार्टीले मात्रै बहुमत ल्याउन सक्ने अवस्था अझै छैन, सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । गठबन्धन आवश्यक छ ।’

देउवाले अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव भएको बताउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम हुने बताए ।उनले विगतका कुरा सम्झिएर काम नभएको भन्दै राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने हुन सक्ने औंल्याए ।

‘हिजोका कुरा ल्याएर केही काम छैन । राजनीतिमा हिजो(आजका कुरै छैन । हिजोका कुराको काम छैन, सम्झनुपर्ने केही छैन । गठबन्धनमा कुनै हालत र बहानामा शंका नहुने अवस्था छ । गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन ।’ देउवाले भने

  • ४ कार्तिक २०७९, शुक्रबार १५:३९ प्रकाशित