काठमाडौं । कोठामा हिडन क्यामेरा राखी लजमा बस्न पुग्ने गेष्टको गोप्य रुपमा अश्लिल भिडियो खिच्ने होटलका म्यानेजर पक्राउ परेका छन् ।
लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश माली प्रकाउ परेका हुन् ।
उनले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको थियो ।
त्यो टोलीले होटलमा पुगेर पालको मोबाइल जाँच गर्दा मोबाइलमा होटलमा बसेका विभिन्न व्यक्तिहरुको भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।














