बाराही हाइड्रोको आईपीओ खुल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निस्काशन गरेको हो ।

आईपीओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका९१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ ।

  • ४ कार्तिक २०७९, शुक्रबार ११:१५ प्रकाशित