काठमाडौं ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब पुराना पुस्ताले लोभलाचल गर्न नहुने बताएका छन् ।
आज शुक्रबार राजधानीमा सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने अब पूर्वप्रधानमन्त्रीहरु संसदमा जान पनि जरुरी नभएको बताए ।
बाबुरामले भने,‘पुराना पुस्ताले धेरै लोभलालच गर्न हुदैँन अब, ‘पूर्वप्रधानमन्त्री भइसकेका नेताहरु फेरि लर्कोलगाएर संसदमा जान पनि जरुरी छैन ।’
उनले थपे ,‘पदमा बसेर मात्रै पदै सबै थोक हो भनेर मान्छे महान हुँदैन । देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्छ । त्याग र बलिदान गर्ने व्यक्तिको नै इतिहासले मुल्याङकन गर्छ । हाम्रो पुस्ताले बढी लोभलालच गर्नुहुँदैन । सबैले छोड्न त भएन अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि केही समय लाग्छ । पाँच छ जना पूर्वप्रधानमन्त्री भइसकेको साथीहरु अब हामीले फेरि त्यहाँ लर्को लागेर संसदमा गइराख्न हुँदैन । अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ ।’













