आगामी निर्वाचनमा प्रतिगामी र अग्रगामी आमने समाने हुदैंछन् : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा दुई गठबन्धन आमने–समाने हुने बताएका छन् ।

काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमनेसमाने भएका छन् । एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान र लोकतन्त्र रक्षा गर्नेका​ बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।’

त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचन, प्रचण्डले भने ।

  • ४ कार्तिक २०७९, शुक्रबार १०:३५ प्रकाशित