चिकित्सकको लापरबाही : प्रत्यारोपण गर्न झिकिएको मिर्गौला काम नलाग्ने भन्दै अलपत्र छाडेर हिँडेपछि…..

केन्द्रभाग मिडिया

काठमाडौं ।

वीर अस्पतालका चिकित्सकले गम्भीर लापरबाही गरेको पाइएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको छ।

अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको अस्पतालको भनाइ छ । उनीहरुले प्रत्यारोपण कार्य तालिका अनुसार एक ५८ वर्षीया महिलाको मिर्गौला निकालेका थिए ।

निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् । यस घटनापछि बिरामीका आफन्त आन्दोलित भएका छन् ।

  • ३ कार्तिक २०७९, बिहीबार १६:५४ प्रकाशित