माधव नेपाललाई कारवाही गर्न आयोगको पत्र

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न पत्र काटेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको हो । बिहीबार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई नेपाललाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो ।

रौतहट क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा सो क्षेत्रका उम्मेदवार माधवकुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भएको हो ।

नेता नेपालले ‘बिना ढेउवा के भिसा मिल हे, टिकट मिलते हैं, काठमाण्डौमे तलिम मिल्ते हैं’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सोप्रति आयोगको गम्भिर ध्यानाकर्षण भई पत्र लेखेको हो ।

  • ३ कार्तिक २०७९, बिहीबार १५:५१ प्रकाशित