आयोगको निर्देशन : ‘जनताको दैलोमा बाजागाजासहित भोट माग्न नजानुस’

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन दिएको हो ।

राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।

यस्तै बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र त्यस्ता कार्यक्रम गर्नुपर्ने, घरदैलोमा जाँदा उम्मेदवारले पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने आयोगको भनाई छ । बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आयोगले सचेत गराएको छ ।

  • ३ कार्तिक २०७९, बिहीबार १३:३३ प्रकाशित