पोखरामा लाग्यो चुनाव वहिष्कारको नारा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा आसन्न मंसिर ४ गतेको निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले सँयुक्त रुपमा निर्वाचनविरुद्ध प्रदर्शन गरेका हुन् ।

आम मतदातालाई चुनाव वहिष्कार गर्न अपिल गरीएको थियो । चिप्लेढुङ्गाबाट सुरु भएको र्याली न्यूरोड, सभागृहचोक हुदैँ पृथ्वीचोका पुगी कोणसभा भएको थियो ।

आसन्न संसदीय निर्वाचन बहिस्कार गरौँ भन्ने मुल नारा लिएर सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । भारतीय र अमेरिकी विस्तारवाद मुर्दावारको नारा लगाउदै प्रदर्शनकारीले निशुल्क समान शिक्षा, सबैखाले अवसरबाद र संसोधनबाद मुर्दाबाद, स्वाधिन संयुक्त सरकार गठन गर, बन्दी विद्यार्थी तथा राजबन्दी रिहा गर लगायतका प्लेकार्ड बोकेका थिए ।

संसदीय व्यवस्था राष्ट्रघात र जनघातको साधन भएकाले निर्वाचन वहिष्कार गरेको नेताहरुले बताएका थिउ ।

  • २ कार्तिक २०७९, बुधबार १८:१८ प्रकाशित