पोखरा ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को समापन कार्यक्रमका लागि पोखरा महानगरले दिउँसो १ बजेपछि विदा दिने निर्णय गरेको छ ।
असोज २८ गते उद्याटन भएको प्रतियोगिता असोज ३ गते समापन गर्ने कार्यक्रम छ ।
महानगरले बुधबार सूचना जारी गदैँ प्रतियोगिताको समापन समारोहमा सहभागिताका लागि महानगरपालिका अन्तरगतका सम्पूर्ण कार्यालयहरूमा कार्यरत कर्मचारीहरू, शिक्षक, विद्यार्थी, सामाजिक संघसंस्थाहरू, नागरिक समाज, आमासमुह, टोल विकास संस्था, युवा क्लब, बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू लगायत आम नगरवासीहरूलाई महानगरले आग्रह समेत गरको छ ।
महानगरले प्रतियोगिता स्थल रंगशाला जानु पहिले २ बजे नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन समेत आग्रह गरेको छ ।
कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ ।














