माधवको आश्वासनप्रति ओलीको आपत्ति : भने, ‘कारबाही हुनुपर्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आश्वासन प्रति आपत्ति जनाएका छन् । ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँडेको भन्दै माधव नेपाललाई कारबाही हुनुपर्ने बताएका छन् ।

झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन दिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘बारा, रौतहट, डडेल्धुरालगायतका जिल्लामा फ्रि-भिसा र फ्रि-टिकटको कुरा गरेर जनतालाई भ्रम छरिरहेका छन्। त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्छ ।’

  • २ कार्तिक २०७९, बुधबार १६:५८ प्रकाशित