राजु गुरुङको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

उक्त रिट निवेदन सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिए पनि सो रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका गुरुङले सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवार दर्ता गराए पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

  • २ कार्तिक २०७९, बुधबार १६:०१ प्रकाशित