उकालो लाग्दै युरो, आज कति छ डलरको भाउ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

पछिल्लो समय युरोको भाउ उकालो लागिरहेको छ । आज बुधबार युरो एकको खरिददर १२९ रुपैयाँ १५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७४ पैसा रहेको छ ।

हिजो युरो एकको खरिददर १२८ रुपैयाँ २२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८१ पैसा थियो भने अस्ति युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैया ३९ पैसा थियो।

यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ८८ पैसा छ । डलर एकको खरिददर आज १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०० पैसा र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा रहेको छ ।

  • २ कार्तिक २०७९, बुधबार १०:३४ प्रकाशित