धादिङ ।
तरुण दल धादिङका उापध्यक्ष राधे भण्डारी पक्राउ परेका छन् ।
गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा वान्टेडमा रहेका ‘राधे’ भनिने राधाकृष्ण भण्डारी धादिङबेँसीबाट पक्राउ परेका हुन् ।
तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेलाई धादिङको बीच बजारमा भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राधे समूहले धादिङ्बेँसीको बीचबजारमा तरबारले गुरुङमाथि हमला गरेको हो ।














