१३२ एम्पुल ड्रग्ससहित लमजुङका सन्देश पक्राउ

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २५ वर्षीय सन्देश धिताल छन् ।

वीरगञ्जबाट लमजुङ जाँदै गरेको ना.६ ख ९०९७ नम्बरको बसमा सवार धिताललाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी बाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट ४४ एम्पुल नुर्फिन, ४४ एम्पुल डाइजेपाम र ४४ एम्पुल फेनारगन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

  • १ कार्तिक २०७९, मंगलवार १६:५० प्रकाशित