दाङ ।
सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
अरिंगालको टोकाईबाट सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो ।














