काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई भेट्न राप्रपा नेपालका पदाधिकारी खुमलटार पुगेका छन् ।
राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका अन्य ५ पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न आज मंगलबार बिहान खुमलटार पुगेका हुन् । चुनावको समयमा राप्रपाका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई चासोको रुपमा हेरिएको छ ।
राप्रपाका सहमहामन्त्री बस्नेतले आफूहरुले अध्यक्ष प्रचण्डलाई भेटेको पुष्टि गरे । प्रचण्डकै आह्वानमा उपाध्यक्ष तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार पुगेको जनाइएको छ ।













