मोटरसाइकल दुर्घटना : दुईको ज्यान गयो, दुई घाइते

केन्द्रभाग मिडिया

File photo

झापा ।

झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किएको हो।

बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नंको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा मे ३ प ५५८० नंका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नंका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् । भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् ।

  • १ कार्तिक २०७९, मंगलवार ०९:०८ प्रकाशित