स्वतन्त्र बागी उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसले दियो फेरि अल्टिमेटम

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न अल्टिमेटम दिएको छ । कांग्रेसले कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको हो ।

कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका कांग्रेसका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उमेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई यस्तो निर्देशन दिएको हो ।

यसअघि असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसले जनाएको थियो । त्यसपछि कांग्रेसले असोज ३१ गतेसम्मका लागि उम्मेदवारी निष्कृय बनाउन निर्देशन दिएको थियो ।

  • १ कार्तिक २०७९, मंगलवार ०८:३६ प्रकाशित