कार्तीक २ गते फेवाताल सरसफाइ अभियान सहभागी हुन महानगरको अनुरोध

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले  फेवाताल सरसफाइ महाअभियानमा सहभागी हुन सरोकारवाल सबैलाई  आग्रह गरेको छ । महागनरले कार्तीक २ गते हुने ताल सरसफाई अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको हो । ड्यामसाइड, गौरीघाट बाराही घाट, स्विमिङ पुल घाटबाट सफाई सुरु हुने महानगरले जनाएको छ ।

सोही अनुसार वडा नम्बर  १–७ ड्यामसाइड वडा नम्बर ८–१५ गौरी घाट, वडा नम्बर १६–२५ बाराही घाट, वडा नम्बर २६–३३ स्विमिङ पुल घाटमा उपस्थित हुन पनि महानगरले आग्रह गरेको छ ।

महानगरले जलकुम्भीले ताल ढाके पछि असोज २५ गते ताल सफाई अभियानको सुरुवात गरेको थियो । सो कार्यक्रममा सुरक्षा निकाय, टोल विकास संस्था, आमा समूह, क्लव, होटल व्यवसायी र जनप्रतिनिधिको सहभागीता जनाएका थिए ।

 

  • ३१ आश्विन २०७९, सोमबार १७:३४ प्रकाशित