पोखरा ।
मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।
गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको आज निधन भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहनुभएका गुरुङ नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत हनुहुन्थ्यो ।
उहाँ त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।
विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने जनाइएको छ ।














