काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा अब कुनै गुट नरहेको भन्द गुटगत झगडा नगर्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आफू पार्टी सभापतिमा शेरबहादुर देउवासंग लडेको र त्यो लडाई निर्वाचन पछि सकिएको भन्दै उनले पछिल्ला दिनमा देखिएका सबै विमति समेत अन्त्य भइसकेको दाबी गरेका छन् ।
मोरङको सुन्दरहरैँचा– ५ मा आइतवार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर पछिल्ला दिन काम भइरहेको भन्दै तल्ला तहका नेता कार्यकर्ता झगडा गर्नुको कारण नबुझेको पनि उल्लेख गरे । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति नजिकिँदै जाँदा कोइराला सभापति देउवासँग नजिएको उनको भनाइले पुष्टि गरेको छ ।
‘‘स्थानीय निर्वाचजनमा के भयो, अधिवेशनमा के भयो, अधिवेशन त नेपाली कांग्रेसभित्रको प्रतिस्पर्धा हो, त्यो तुषलाई तपाईंहरु सबैले त्यागौँ। मैले त त्यागिसके। तपाईंहरुले किन नत्याग्ने ?’ कोइरालाले आफू पक्षीय नेता कार्यकर्तालाई भने, ‘शेरबहादुरजी र म सँगै लडेको होइन, गुट बनाएको होइन ? त्यो माथि लगेकै होइन ?
उनले आफू र शेरबहादुर देउवा मिलिसकेपछि झगडाको अर्थ नभएको पनि बताएका छन् । अब निर्वाचनमा मिलेर होमिन पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।













