घान्द्रुकमा पर्यटकको चहलपहल बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
अन्नपूर्ण संरक्षण क्षेत्र भित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य घान्द्रुकमा पर्यटकहरुको आवागमन बढेको छ । दशैंपछि मौसम खुलेको र पर्यटक आउने क्रम बढेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किसम गुरुङले जानकारी दिए ।

उनका अनुसार हाल दैनिक एक हजार देखि १२ सयको हाराहारीमा आन्तरिक तथा बाहिय पर्यटक घान्द्रुक पुग्ने गरेका छन् । ‘दसैं पछि मौसम खुलेकाले पर्यटक आउने क्रम बढेको छ । अहिले यहाँका होटल झण्डै भरिभराउ नै छन् भन्दा हुन्छ,’ उनले भने, ‘दैनिक हजार देखि १२ सयको हाराहारीमा यहाँ पर्यटका आएका छन् ।

अमेरिकाबाट दसैं मनाउन घर आएको बेला घान्द्रुक घुम्न पुगेर पोखरा फर्केका भीरकोट ६ स्याङ्जाका तुलसी खनालले घान्द्रुक जाँदा पोखराबाट नै होटल बुकिङ नगरी जाँदा रुम पाउन नै समस्या भएकोे अनुभव सुनाए । ‘घान्द्रुक जाँदा पहिले नै होटल बुकिङ गरेर जानुपर्ने रहेछ । नत्र होटल खोज्न धाउनु पर्ने अबस्था आउने रहेछ’ उनले भने ।

घान्द्रुक पुग्दा अष्ट्रेलिया, अमेरिका र युरोप लगायतमा रहेका गैरआवासीय नेपालीहरुलाई भेट्ने अवसर जुरेको खनाल बताउँछन् । विदेशी भन्दा स्वदेशी पर्यटकले घान्द्रुक भरिभराउ देखियो । अझ धेरै गैरआवासीय नेपालीहरु घुम्न पुगेको पाएँ’ उनले भने ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ गरेर १२० भन्दा धेरै होटल छन् । घान्द्रुकलाई अन्नपूर्ण संरक्षण क्षेत्रकै प्रवेश मार्गको रुपमा लिइन्छ । घान्द्रुक र पुनहिल लगायतका पर्यटकीय स्थलका लागि आधार क्षेत्र रहेको ।

  • दैनिक दुई हजार भन्दा धेरै पर्यटक राख्न सक्ने क्षेमता

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ मा फैलिएको घान्द्रुकको एउटा वडामा मात्र दैनिक हजार पर्यटकलाई राख्न सकिने र अर्को वडाको पनि त्यति नै क्षेमता रहेकाले दैनिक दुई हजार पर्यटक घान्द्रुक गाउँमा व्यवस्थापन गर्न सकिने नि वर्तामान अध्यक्ष गुरुङ बताउँछन् ।

एउटा होटलमा चार जनाको दरले हिसाव गर्दा पनि घान्द्रुकमा ४८० जनालाई प्रत्यक्ष रोजगारी मिलेको उनको भनाई छ ।

हुदहुद आँधी, विगतको नाकाबन्दी, भूकम्प र कोरोनाकालको क्षेण पर्यटकीय स्थलका लागि निकै कहाली लाग्दो क्षणको रुममा स्मरण गरेका उनले आगामी दिन पर्यटकका लागि सुखद हुने आसा पलाएको बताए । अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्ने पर्यटकले प्रतिदिन ४९ डलर प्रतिदिन खर्चगर्ने गरेका छन् ।

 

  • ३० आश्विन २०७९, आईतवार १९:३८ प्रकाशित