रुपन्देही ।
नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्र शाह भन्दा निरंकुश बनेको आरोप लगाएका छन् ।
रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले आइतबार रुपन्देहीको धकधइमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘ओलीले पार्टीको विधान मिच्ने, संविधानलाई पनि कुल्चने जस्ता काम गरे, विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए ।’
उनले ओलीको जवरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको उल्लेख गरे । पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर ओलीले काम गरेकाले पार्टीमा समस्या उत्पन्न भएको उनले तर्क गरे ।













