पोखरा ।
प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
आइतबार पोखरा सराङकोटमा राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी त्रिभुवन आर्मी क्लवका २६ वर्षीय निसिम थापाको निधन भए पछि नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको हो ।
अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
प्राधिकरणले उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । पटक पटक प्याराग्लाईडिङ दुर्घटना भए पछि उडान सुरक्षाका विषयमा गम्भिर प्रश्न उठ्ने गरेको छ । प्याराग्लाईडिङ बन्द हुदाँ पोखराको पर्यटन व्यवसाय समेत प्रभावित हुने भएको छ । यसले पोखरा आउने पर्यटकको संख्यामा उल्लेख्य कमि ल्याउने छ ।