नवौं राष्ट्रिय खेलकुद : १०० मिटर माथिबाट खस्दा प्याराग्लाइडिङ खेलाडीको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा भइरहेको नवौं खेलकुद प्रतियोगितामा एक खेलाडीको ज्यान गएको छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङकोटमा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितका एक खेलाडीको १०० मिटर माथिबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट जमिनमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लवका २६ वर्षीय निसिम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएपी सुन्दर तिवारीले बताए ।

कास्कीको पोखरा महानगरपालिका– १० अस्पताल चोक बस्ने निसिम प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए ।बिहान साढे ११ बजे प्रतियोगितामा भाग लिइरहेको उनी खसेर घाईते भएलगत्तै उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएकोमा उनलाई चिकित्सले मृत घोषणा गरेका हुन् ।

  • ३० आश्विन २०७९, आईतवार १४:१४ प्रकाशित