डडेल्धुरामा टुट्यो सत्ता गठबन्धन

केन्द्रभाग मिडिया

डडेल्धुरा ।
आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा होमिने जनाएका हुन्।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डा। तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी परित्याग गरेपनि जोशीलाई नेकपा एस डडेलधुराले समर्थन गरेको छ।

जसअनुसार एसले कांग्रेस वीपीसँग तालमेल गरेको हो। नेकपा एस र कांग्रेस वीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए।

  • ३० आश्विन २०७९, आईतवार १२:३२ प्रकाशित