महासचिव र उपमहासचिव लिएर अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन् । पार्टीको चुनावी घोषणापत्र तयारी गर्ने क्रममा उनी त्यहाँ पुगेका हुन् ।
घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि द टेरेसेस रिसोर्टमा बसेका छन् ।
ओलीको साथमा पार्टी पदाधिकारी महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । भने पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली पनी ओलीसंगै छन् ।
ओलीले घोषणपत्रको मस्यौदा अध्यन गरिहेका छन् ।

  • २९ आश्विन २०७९, शनिबार १७:१७ प्रकाशित