पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । भव्य समारोहका बीच शुक्रबार साँझ पोखरा रङ्गशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि सहभागी सहभागी थिए ।
उद्घाटनका अवसरमा सहभागी ११ टिमको मार्चपास र ट्रफि टुरका सद्भावना दूतहरुको मार्चपास, संयुक्त ब्यान्ड डिस्प्ले, सात प्रदेश झल्कने नृत्य, नेपाली सेनाको समन्वयमा राष्ट्रिय सेवा दलबाट खुकुरी ड्रिल प्रदर्शन तथा हुड्केली नाच, राष्ट्रिय कलाकारबाट गीत प्रस्तुति गरिएको छ भने आतिसबाजी पनि भएको छ ।
प्रतियोगितामा सात प्रदेश, विभागीय टिम (सेना, पुलिस र आर्मी) तथा एनआरएनएका गरी ६ हजार हजार १५७ खेलाडीले ३६ खेल र दुई प्रदर्शनी खेलमा सहभागिता जनाउने छन् ।
गण्डकी प्रदेशको राजधानीसहित स्याङजाको वालिङ, पर्वत, बाग्लुङ, म्याग्दी, गोरखा र तनहुँमा विभिन्न खेलको प्रतिस्पर्धा हुँदैछ । महिला क्रिकेट, ह्यान्डबल, फेन्सिङका खेल पोखरा रंगशाला हातामा भइरहेका छन् ।
३६ खेलाका विभिन्न इभेन्टमा ६१५७ खेलाडीे प्रतिस्पर्धा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि देशभरबाट ६ हजार १५७ जना खेलाडीले सहगागिता जनाउने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।
३६ खेलमा यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए।
प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन्।