बेगनास तालमा डुंगा पल्टिदा एक जना बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको बेगनास तालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा– ३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक डुंगा लिएर बेगनास तालमा गएका थिए । गएको ५ मिनेटमा कायक सँगै गएकी महिलाले चिच्चयाएर गुहार मागेपछि स्थानीय पुगेका थिए । घटना साढे ४ बजेतिर घटेको हो । दुर्घटना भएको क्षेत्रमा केज बनाएर माछा पालन गरिएको छ ।

  • २८ आश्विन २०७९, शुक्रबार २१:०५ प्रकाशित