चितवनको जुस उद्योगमा आगालागी

केन्द्रभाग मिडिया

चितवन।

चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि आगो लागेको हो ।

“करिब चार घण्टामा हामीले आगलागी नियन्त्रणमा लिएका छौँ,” चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बाह्रखरीसँग भने, “उद्योगमा आगलागी भएकाले ठूलो क्षति भएको हुनसक्छ । तर, के कति क्षति भयो भन्ने विवरण आउन केही समय लाग्ने छ ।”

खैरहनीका दुई र भरतपुरको एउटा दमकलले आगो निभाएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

  • २८ आश्विन २०७९, शुक्रबार ०८:४५ प्रकाशित