पोखरा ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गण्डकीका केही मन्त्रीले टिकट पाउन सकेनन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित अन्य केही मन्त्रीले गठबन्धनबाट टिकट नपाउँदा उम्मेदवार नै बन्न नपाएका हुन् ।
टिकट नपाउनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल , सरकारका प्रवक्ता तथा भौतिक मन्त्री कुमार खड्का, स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङ,यस्तै वन वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, भूमि व्यवस्था, कृषि मन्त्री चन्द्रबहादुर बुढा रहेका छन् । कांग्रेसबाट मन्त्री बनेका बागलुङका मणिभद्र शर्माले पनि टिकट पाएनन् ।













