सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिको नेतृत्व कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । गठबन्धनको बिहिबार बसेको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको हो ।

बैठकले प्रदेश र जिल्लास्तरमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा र लुम्बिनी प्रदेशको बुटवलमा भेला हुने छ । त्यस्तै ५ गते विराटनगर र जनकपुरमा ६ गते धनगढी र सुर्खेतमा र ७ गते काठमाडौंमा भेला हुने छ।

भेलामा गठबन्धनमा रहेका दलका केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी गराउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।

  • २७ आश्विन २०७९, बिहीबार २३:०९ प्रकाशित