पोखरा ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । बिहिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरेर राखेप सदस्य सचिव एवं नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक टंकलाल घिसिङले उद्याटनको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
असोज २८ गते राष्ट्रपतिबाट प्रतियागिताको उद्याटन गर्ने कार्यक्रम रहेकोमा राष्ट्रपति अस्वस्थ भए पछि उपराष्ट्रपतिले प्रतियोतिगाको उद्घाटन गर्ने कार्यक्रम तए भएको घिसिङले जानकारी दिए । उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रमका लागि पोखरा आइपुगेका छन् ।
पोखरा रंंगशालाको फुटबल स्टेडिएममा साँझ ४ बजे उद्याटन कार्यक्रम सुरु हुने छ ।
उद्घाटनमा विभागीय टिम, सातै प्रदेशका सास्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृकि कार्यक्रम र आतिशबाजी सहितका कार्यक्रम राखिएको छ ।
प्रतियोगितामा सहभागी खेलाडी र अफिसियललाई बसोवास, पोशाक सहितको किट्स, खेलाडीलाई होटलसम्म लैजाने र खेल मैदान लाने ल्याउने यातायातको व्यवस्थापनका काम सहिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ४०४ स्वर्ण पदकका लागि ६ हजार १५७ खेलाडी सहभागी हुने भएका छन् ।