केरला ।
साउथ इन्डियामा अधि धन लाभ हुने अन्धविश्वासमा महिलाको बलि चढाएको पाइएको छ ।
दक्षिण भारतीय राज्य केरलामा दुई महिलाको बलि दिइएको खुलेको हो । मंगलबार दुवै महिलाको शवको अवेशष जमिनमा गाडिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथानामथिट्टाका आयुर्वेदिक चिकित्सक भगवल सिंह, उनकी श्रीमती लैला र गोप्य रूपमा औषधिको कारोबार गर्ने इडुक्की जिल्लाका सफी भनेर चिनिने रसिद रहेको कोची प्रहरी प्रमुख सीएच नागाराजुले बुधबार पत्रकार सम्मेलन गरी बताएका छन् ।
बुधबार नै कोची अदालतबाट ३ साताको म्याद लिई उनीहरूलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको नागाराजुले जानकारी दिएका छन् ।
धर्मापुरम जिल्ला घर भई कोची बस्दै आएकी ५७ वर्षीया पद्मम र थ्रिसुर जिल्ला घर भई कलाडी बस्दै आएकी ४९ वर्षीया रोसिलीको हत्या भएको हो । ई – कान्तिपुरबाट














