काठमाडौं ।
पार्टी र गठबन्धनको निर्णय विपरीत बागी उम्मेदवारी दिनेलाई कांग्रेसले एक मौका दिने भएको छ ।
मङ्सिर ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि बागी उम्मेदवारी दिने नेताहरूलाई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले असोज ३१ गतेभित्र वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने पार्टीले बताएको हो ।
आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई २०७९ असोज २६ गते भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गर्ने कांग्रेसले बताएको थियो ।













