ओली विरुद्ध रावलको २० बुँदे हमला (विज्ञप्तिको पूर्ण पाठसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका नेता भीम रावलले १० भाइका नाममा टिकट नदिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले कत्लेआम गर्न खोजेको बताएका छन् । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको अवस्थामा आफूलाई रोक्ने नियतसहित ओलीले टिकट खोसेपछि पहिलो पटक पत्रकार भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओलीले एमालेका दशौँ वर्ष योगदान दिएका नेताहरुलाई गुटका आधारमा टिकटबाट बञ्चित गरेको बताए । संसद र संसदीय समितिमा सक्रिय आफूलाई पाखा लगाउने अध्यक्ष ओली भने संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा कहिले सहभागी नहुने तर आफूलाई बोल्न मन लाग्दा हामीलाई उपस्थित हुन उर्दी जारी गर्ने गरेको आरोप लगाएका छन् ।

‘करिब दुईतिहाइको प्रधानमन्त्री हुँदा आधा धेरै समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउने टिकट पाउने तर आफू देशका लागि आवाज उठाउँदै संसदमा सक्रिय हुनेले किन उम्मेदवार हुन नपाउने ?’ भन्दै उनले प्रश्न गरेका छन् ।

‘मेरो टिकट षड्यन्त्रपूर्वक खोसियो। यदि सिफारिस हुँदा पनि मैले टिकट पाउँदिन भने पार्टी अध्यक्षलाई किन टिकट दिने ? ले उम्मेदवार हुने तर, निरन्तर देशका लागि आवाज उठाउँदै संसदमा सक्रिय हुनेले किन उम्मेदवार हुन नपाउने ? किन टिकट खोसिने ?’ उनले प्रश्न गरे ।

भीम रावलले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ हेर्न क्लिक गर्नुहोस्

  • २७ आश्विन २०७९, बिहीबार १४:५७ प्रकाशित