पोखराको सेतीमा एक पुरुष हाम फाले

केन्द्रभाग मिडिया

file photo

पोखरा ।

पोखराको सेती नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

हाम फालेर बेपत्ता हुनेमा बागलुङका ४५ वर्षिया अर्णबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीको अनुसार खड्का पोखरा महानगरपालिका ७ घारीपाटनस्थित सितारामपुलबाट सेतीमा हाम फालेका हुन् ।

आज बिहिबार बिहान मर्निङ वाकमा हिडेका खड्का छोरेपाटन जाँदै गर्दा सितारामपुलबाट एक्कासी हाम फालेर बेपत्ता भएका हुन् ।परिवारले प्रहरीलाई जानकारी गराएअनुसार उनी मानसिक रोगी हुन् । ले बेपत्ता खड्काको खोजीकार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।

  • २७ आश्विन २०७९, बिहीबार १४:४४ प्रकाशित