पोखरा ।
गण्डकीका दुई मन्त्रीले बागी उम्मेदवारी फिर्ता लिएका छन् ।
आसन्न प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठ र ऊर्जा मन्त्री हरिशरण आचार्यले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
शिक्षामन्त्री श्रेष्ठले स्याङ्जा १ (क) र ऊर्जा मन्त्री आचार्यले गोरखा २ (ख)मा उम्मेदवारी दिएका थिए । पाँच दलीय गठबन्धनले स्याङ्जा १ (क) माओवादी केन्द्र र गोरखा २ (ख)नेपाल समाजवादी केन्द्रको भागमा पारेको छ । उनीहरुले पार्टीको निर्णय स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।













