एजेन्सी ।
अमेरिकाको फ्लोरिडामा आँधीले बितण्डा मच्चाएको छ । इयान आँधीका कारण त्यहाँ १०२ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ ।
फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्य व्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको बताएको छ । आँधीबाट राज्यको दक्षिण पश्चिम सबैभन्दा बढी प्रभावित छ ।
इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो। यो सेप्टेम्बर २६ मा एक शक्तिशाली श्रेणी ४ तुफानको रूप तटीय क्षेत्रमा प्रहार गरेको थियो । आँधीका कारण यस राज्यले यसअघि कहिल्यै नदेखेको ठूलो विनाशको साक्षी बनेको छ ।
ल्यान्डफल गरेपछि आँधी फ्लोरिडा र एट्लान्टिक महासागरमा पुगेको थियो । आँधीले फ्लोरिडामा ठूलो भौतिक क्षति गरेको छ । अधिकारीहरूले अनुमान गरेका छन् कि विनाशकारी तटीय क्षेत्रहरूको पुनर्निर्माण गर्न लगभग ५० अर्ब डलर खर्च हुनेछ । पुनःनिर्माणको लागि महिनौं लाग्ने बताइएको छ ।