रूपन्देही २ मा एमालेका विष्णु पौडेललाई चिठ्ठा !

केन्द्रभाग मिडिया

काठमाडौं ।

रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेललाई चिठ्ठा परेको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएपछि पौडेललाई चिठ्ठा परेको हो । पौडेललाई अब चुनाव लड्न सजिलो हुने भएको छ।

गत वैशाखमा भएको स्थानीय चुनावमा रूपन्देही २ का पालिकाहरूमा वडाध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन दुई हजारभन्दा बढी मतले अघि देखिन्छ।

२३ वडा रहेको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले १६ वडा जितेको थियो। ६ वडामा एमालेले जित्दा एउटामा स्वतन्त्रले जितेका थिए।

  • २६ आश्विन २०७९, बुधबार १०:०३ प्रकाशित