बागी उम्मेदवारी फिर्ता लिन नेकपा एसको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेदवारको मनोनयन फिर्ताका लागि समय दिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

  • २६ आश्विन २०७९, बुधबार ०९:५५ प्रकाशित