अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री जर्नादन शर्मा अमेरिका प्रस्थान गरेका छन् ।अर्थ मन्त्रालयको जिम्मेवारी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई दिइएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा ग्रीन क्लाइमेट फण्ड (जीसीएफ)मा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै सो मन्त्रालयको जिम्मेवारी ऊर्जा मन्त्री भुसाललाई दिइएको हो ।

अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भुसाललाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी भुसालले सम्हाल्ने जानकारी दिएको छ ।

अर्थमन्त्री शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर दक्षिण कोरियाको इन्चेनमा आयोजना हुने जीसीएफमा समेत सहभागी हुनेछन् ।

  • २५ आश्विन २०७९, मंगलवार १७:१६ प्रकाशित