जसपाका यी चार मन्त्री, राजीनामा नदिए हुदैंछन् बर्खास्त(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टीका चार मन्त्रीले आफै राजीनामा नदिए बर्खास्त हुने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीले आजै राजीनामा नदिए बर्खास्त गर्ने भएका हुन् । गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको हो ।

राजीनामा नदिए बर्खास्त हुनेमा मन्त्रीहरुमा जसपाबाट राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादव रहेका छन् ।जसपालाई सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि सरकारबाट मन्त्री हटाउन दबाब छ ।

  • २५ आश्विन २०७९, मंगलवार १६:५७ प्रकाशित